जिल्ला अस्पतालका आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द

हुम्ला । हुम्लामा रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमा आकास्मिकबाहेक अन्य बहिरङ्गसहितका सम्पूर्ण सेवा बन्द गरेको छ । नेपालगञ्जबाट हवाईमार्ग हुँदै सिमकोट विमानस्थलमा ओर्लिएका ४० मध्येका आठ जनामा कोरोना पोजेटिभ देखिएसँगै हुम्लामा निषेधाज्ञा गरिएको र जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय एक हप्ताका लागि बन्द गरिएपछि जिल्ला अस्पतालले आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।
डिसीसिएमसीका सदस्यसचिवसमेत रहेको स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालले अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । एक हप्तासम्म अस्पतालमा आकस्मिक, प्रसूति र कोभिडसम्बन्धी सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख सिंहले बताए । आकास्मिक, प्रसूति र कोभिडसम्बन्धी सेवा दैनिक चौबीस घण्टा सञ्चालित हुने भएका छन् ।
यसका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा ड्युटीमा खटाइएको छ । अस्पताल खुला राख्दा मानिसको चहलपहल बढी हुने देखिएपछि अस्पतालले अन्य सेवा बन्द गरिएको जनाइएको छ ।
स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको भए पनि बिरामीले सवारी साधन प्रयोग गरेर अस्पतालसम्म आउन सक्ने जनाएको छ । रासस
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया