मेरो न्युज ब्रेकिङ
नेपाल-खनाल समूहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहले यहि वैशाख २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । एमाले नेपाल-खनाल समूहका नेता योगश भट्टराईका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका हुन् । उनले आफ्नो पार्टीका प्रधानमन्त्रीलाई विश्वासको मत दिइने बताए । सबै सांसदले मत दिने उनको भनाई छ ।
“आफ्नो पार्टीको प्रधानमन्त्रीलाई विश्वासको मत त दिनै पर्यो नि । पार्टी भित्रको विवादले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भन्ने नै हुदैन, पार्टी भित्र देखिएको विवाद विस्तारै समाधान हुदै जान्छ,” उनले भने ।
बुधबार राती मात्रै एमाले ओली पक्षका नेता इश्वर पोखरेल र नेता भट्टराईबीच गोप्य भेट भएको थियो ।
एमाले भित्र ओली र नेपाल समूहबीच विवाद छ । फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएको थियो । त्यसपछि फागुन २७ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ओली पक्षका नेताहरुको बसेको बैठकले ९औं महाधिवेशबाट निर्वाचित कमिटीलाई विघटन गरेर १०औं महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।
एमाले नेपाल–खनाल समूहले ओली समूहले गरेको उक्त निर्णयलाई अस्विकार गर्दै आएका छन् । यसबीचमा ओली र नेपालबीच दुई पटक भेटवार्ता भएको थियो तर कुनै सहमती हुन सकेको थिएन । यसअघि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपाल खनाल समूहका २७ सांसदलाई स्पष्टिकरण सोधेका थिए ।
एमाले कर्णाली प्रदेशको संसदीय दलको निर्णय विपरित नेपाल पक्षका कर्णालीका सांसदले फ्लो क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहिलाई विश्वासको मत दिएका थिए । लुम्बिनी प्रदेशमा नेपाल पक्षका सांसदले ओली पक्षका मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएका थिए ।
यो पनि पढ्नुहोस्
वाग्मतीमा गठबन्धनका मतदाता अन्योलमा

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया