गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान कायमै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ।
सोमबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्दा नै उपयुक्त हुने बताए।
उनले गृहमन्त्रीले पठाएको बद्नाम सहसचिव विमानस्थलमा जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने र सचिवालयका मान्छेहरू यस्तै मुद्दामा परेकाहरू हुनेजस्ता अस्वाभाविक प्रक्रियाले गृहमन्त्रीलाई विवादमा तानेको बताए।
उनले राजीनामा विपक्षी दलले मात्रै नभएर आम नागरिकले समेत मागिरहेको बताए। उनले भिजिट भिसा प्रकरणमा सेटिङ, भ्रष्टाचार र अनियमितता भएको स्पष्ट तथ्य स्थापित भएको बताउँदै गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने उल्लेख गरे।
भिजिट भिसा तथा रकम असुली प्रकरणमा मुछिएपछि विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका छन्।









कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया