रास्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिए।
उक्त कार्यक्रमका लागि सहमहामन्त्री विपिनकुमार आचार्यलाई आयोजक समितिको संयोजक तोकेको छ । यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस मनाउने निर्णय गरेको छ । सहकारी रकम अपचलनमा कहीँकतै संलग्नता नभएका पार्टी सभापति रवि लामिछानेलाई झुठा मुद्दा लगाइएकोसमेत सो पार्टीले ठहर गरेको छ ।
बैठकमा प्रदेश इञ्चार्जहरू सन्तोष परियार (कोसी), मनिष झा (मधेस), लिमा अधिकारी (बागमती), शिशिर खनाल (गण्डकी), विपिनकुमार आचार्य (लुम्बिनी), गणेश पराजुली (कर्णाली) र हरि ढकाल (सुदूरपश्चिम) ले पार्टीको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।









सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया