कोरोना संक्रमणबाट समाजलाई जोगाउँन लागे च्यासलका स्थानीय

काठमाडौं । पछिल्लो केही दिन यता कोरोना भाइरस तिब्र रुपमा फैलिएसँगै अस्पतालहरुका बेडहरु भरिएका छन् । भने अक्सिजनको समेत अभाव हुन थालेको छ ।
यस्तो संकटको समयमा आफ्नो समाजलाई कोरोना महामारीको चपेटाबाट जोगाउनुका साथै सरकारलाई सहयोग गर्न सक्रिय बने श्याम व्यञ्जकार ।

गुठीका अध्यक्ष समेत रहेका श्याम आफ्नो समाजलाई कोरोना महामारीको चपेटाबाट जोगाउनका लागि च्यासल मंकाखलःले आफ्नै गुठीघरलाई आइसोलेसन सेन्टर बनाएका हुन् । “कोरोनाको महामारीमा यस टोल बासीहरुलाई केही अक्सिजन सहितको सेवा दिनका आइसोलेसन स्थापना गरिएको हो,”उनलेभने,“यस आइसोलेसनबाट अस्पतालकै सबै सेवा दिन सकिदैन् तर अक्सिजन नै आवश्यक पर्ने संक्रमितलाई भने यही सेवा दिइन्छ ।”

अध्यक्ष श्यामले समुदायकै मानिसहरुको सहयोगमा सिलिन्डर र विह्लचियर किनिएको बताए । च्यासलमा अहिले कोरोना सङ्क्रमित कोही पनि छैन। च्यासलवासीको प्रयासमा शनिवारबाट च्यासलमा ५ बेड सहितको आइसोलेसन सेन्टर सुरु भइसकेको छ ।

कोरोना महामारीमा यस टोलबासीहरुलाई केही समयका लागि उपचार गराउन बनाएका हुन् । अस्पतालमा पनि चाप बढी नै छ । तर, अस्पतालको सबै काम यहाँ गर्न नसकिने भए पनि अक्सिजन अभाव भएका व्यक्तिहरुलाई तत्काल जीवन जोगाउनका लागि यो काम गरिएको श्यामले बताए ।

उनका अनुसार यो सबै स्थानीयको सहयोगले नै भएको हो स्थानीयको सहयोगबिना यो काम गर्न सकिँदैन । समाजका लागि काम गरिने भएकोले स्थानीयको सहयोग रहेका कारण हालसम्म अप्ठ्यारो परेको छैन ।
यूएस बंगला विमान दुर्घटनामा बाँच्न सफल डा. समिरा व्यञ्जनकारले यस आइसोलेसन सेन्टरको नेतृत्व गरिरहेकी छन् ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया