जन्मदिन मनाइरहेकी पाकिस्तानी टिकटक स्टारको गोली हानी हत्या

काठमाडौं। पाकिस्तानको राजधानी इस्लामावादमा सोसल मिडिया इन्फ्लुएन्सर सना युसुफको गोली हानी हत्या भएको छ ।
१७ वर्षीया सना पाकिस्तानकी चर्चित कन्टेन्ट क्रिएटर थिइन् । उनको टिकटकमा ७ लाख २४ हजार र इन्स्टाग्राममा ५ लाख फलोअर्स छन् ।
जन्मदिनका दिन नातेदार बनेर घरमा छिरेका व्यक्तिले नै सनामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । नजिकैबाट चलाएको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्यापछि ती व्यक्ति फरार भएको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
संदिग्धको पहिचान र गिरफ्तारीका लागि अलग-अलग टिम बनाइएको छ । प्रहरीले उनको हत्याको खास कारण के हो भन्नेबारे अझै पत्ता नलागेको जनाएको छ । उनको हत्याको खबर फैलिएसँगै पाकिस्तानमा सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको न्यायको माग गर्दै हजारौँ पोस्ट गरेका छन् । केही कट्टरपन्थीले भने सनाविरुद्ध प्रतिक्रिया दिएका छन् ।
पाकिस्तानमा ९ वर्षअघि पनि सामाजिक सञ्जालमा चर्चित कन्दिल बलोचको घरमै हत्या भएको थियो । उनी पाकिस्तानको पहिलो सामाजिक सञ्जाल सेलिब्रटी मानिन्थिन् । आफ्नो बोल्ड र विवादास्पद भिडियो पोस्टबाट चर्चा बटुलेकी उनले आफ्नो दैनिक जीवन र महिला अधिकारबारे सामाजिक सञ्जालबाटै आवाज उठाउने गर्थिन् ।
जसबाट कट्टरपन्थी मुस्लिमहरू रुष्ट थिए । उनको १५ जुलाई, २०१६ मा मुल्तानस्थित बाबुआमाको घरमा आफ्नै भाइले हत्या गरेका थिए ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया