नख्खुको अपार्टमेन्टमा फ्ल्याट भाडा लिएर सट्टेबाजी, ५ भारतीयसहित १७ जना पक्राउ
८१ करोड ४७ लाखको कारोबार

काठमाडौं । प्रहरीले अनलाइन जुवा (सट्टेबाजी) मा संलग्न गिरोहलाई पक्राउ गरेको छ।
विभिन्न देशका व्यक्तिहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्कमा ल्याई अनलाइन बेटिङ साइट 711Bat.club र Unicon 365 को प्रयोग गरी व्यवसायिक रूपमा जुवा खेलाउने कार्यमा संलग्न १७ जना पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको जैनखेल र नख्खुस्थित दुई स्थानमा छापा मारेर पाँचजना भारतीय र १२ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
नख्खुस्थित सनराइज अपाटएमेन्टको फ्ल्याट भाडामा लिएर सट्टेबाजी खेल्ने/खेलाउने गरेको पाइएको एसपी काजीकुमार आचार्यले बताए ।
पक्राउ पर्नेमा ठक्कर कुँवर ,तिलक खड्का, जित बहादुर महतो, राजेन्द्र ब महता (कञ्चनपुर), सुवाश खड्का (डोटी), विकाश थापा, डायमण्ड कुँवर, मनोज बोगटी (अछाम), अरविन खड्का (कैलाली), हर्कबहादुर खड्का (डोटी), पुर्ण दर्लामी (रुपन्देही), विष्णु कुमार राउत (दाङ) लगायत १२ नेपाली छन्।
बाँकी भारतकाे बिहारका दीपक कुमार सिंह, ऋषमराज, अंकित कुमार सिंह, धिरज कुमार सिंह र माेहित कुमार सिंह गरी पाँच जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।
उनीहरूले अनलाइन जुवामार्फत हालसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको आचार्यको भनाइ छ ।
पक्राउ परेकाहरूबाट ल्यापटप १४ थान, सिमकार्ड राखिएका/नराखिएका ६० थान मोबाइल, विभिन्न बैंकको चेकबुक र पासबुक, विभिन्न व्यक्तिहरुको भिसा कार्ड र राहदानी बरामद गरिएको छ ।














गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न गगन समूहकाे माग
मकवानपुरमा निर्वाचन प्रहरीका लागि दुई हजार बढीको आवेदन
एमालेको राजधानी विशेष कमिटीको घोषणा
रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया