डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो “इबिएल भर्चुअल क्रेडिट कार्ड”

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवा विस्तारको क्रममा इबिएल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। जेठ २० गतेदेखि बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत यो पूर्ण डिजिटल कार्ड सुविधा प्राप्त गर्न सक्ने भएका छन्।
यो भर्चुअल क्रेडिट कार्डले ग्राहकलाई कम्तीमा रु ५० हजारदेखि अधिकतम रु ५ लाखसम्मको क्रेडिट सीमा उपलब्ध गराउँछ। ग्राहकहरूले फोन पे क्यूआर स्क्यान गरी सजिलै सामान तथा सेवाको भुक्तानी गर्न, अनलाइन लेनदेन गर्न र कार्ड व्यवस्थापन कार्यहरू गर्न सक्नेछन्।
बैंकका अनुसार, यो सेवा प्रयोग गर्ने ग्राहकले ४५ दिनसम्म क्रेडिट सुविधा उपभोग गर्न पाउनेछन्। साथै, कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि १०० प्रतिशतसम्म रकम भुक्तानी गर्ने लचिलो सुविधा समेत उपलब्ध छ, जसले ग्राहकलाई वित्तीय सहजता दिनेछ।
एभरेष्ट बैंकले यस डिजिटल क्रेडिट कार्ड सेवा मार्फत भुक्तानी प्रक्रिया अझ द्रुत, सरल र सुरक्षित बनाउने लक्ष्य राखेको छ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया