नुवाकोटमा चिनियाँ भाषा सिकाउने विद्यालयको शिलान्यास

काठमाडौं । चिनियाँ भाषा र संस्कृति सिकाउने उद्देश्यले नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ४ मा चिनियाँ भाषा स्कुलको शिलान्यास गरिएको छ। बुधबार तारकेश्वर गाउँपालिका १ मा संघाइ कल्चर मिडिया प्रालि र इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपको संयुक्त आयोजनामा चिनियाँ भाषा स्कुलका शिलान्यास गरिएको हो।
सो अवसरमा इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपका अध्यक्ष अजित खड्काले मित्रताको प्रतीकको रुपमा रहेको विद्यालयमार्फत नेपाली युवा युवतीहरुलाई चिनियाँ भाषा सिकाएर उनीहरुलाई रोजगारी, सांस्कृतिक अन्तरक्रिया र रहनसहन तथा भेषभुषाको जानकारी गराएर भविष्यको अवसरतर्फ अग्रसर गराउने लक्ष्य राखिएको जानकारी दिए ।
उनले यो विद्यालय भाषा सिकाउने संस्थामात्रै नभएर समाज विकास, विश्व विकास र छिमेकी मुलुकको सामाजिक ज्ञान सिक्ने र सिकाउने आधारशीला भएको उल्लेख गरे।
कार्यक्रममा सांघाइ हाइसान कल्चर एण्ड मिडिया प्रा.लि.कि प्रतिनिधि हुआङ वेन् छिले चिनियाँ भाषा सिकाउने विद्यालय तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने जनाइन्।
उनले इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपसँग मिलेर आफूहरुले नेपालमा १० वटा शिक्षण संस्था स्थापना गरिसकेको जानकारी दिइन्। जसमार्फत १ हजार ५० भन्दा बढी चिनियाँ विद्यार्थीलाई अध्यापन गराइने बताइएको छ।
उनले शिक्षण संस्थालाई सहयोग गर्दै आफूहरुले १३ हजार ३ सय ४९ जनालाई अनुदान दिएको बताईन् । जसको कुल रकम १४ लाख रुपैयाँ बराबर हुन आउने उनको भनाइ थियो । उनले नेपालमा शैक्षिक स्रोतहरुको तत्काल आवश्यकता रहेको स्थानमा थप ९ वटा चिनियाँ विद्यालय स्थापना गर्ने लक्ष्य राखेको पनि जानकारी दिइन् ।
कार्यक्रममा ओभरसिज चाइनिज् एसोसिएसनका नेपाल अध्यक्ष झिङ झ्याओ दोङले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो रहेको भन्दै भृकुटी र अरनिकोले सुरु गरेको मित्रतालाई यस प्रकारका कार्यक्रमले थप नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले चीन र नेपालबीचको सम्बन्ध झन् प्रगाढ भएको उल्लेख गरे । नेपाल र चीनबीचको मित्रता कसैले पनि हल्लाउन नसक्ने उनले जिकिर गरे।
कार्यक्रममा तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव प्रसाद अधिकारी, समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीलगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया