स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री

बैतडी । उद्योग, वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीहरूले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्ने बताएका छन ।
बिहीबार बैतडीको देहिमाडौंमा आयोजित इण्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन कार्यक्रममा बोल्दै उनले उद्यमीहरूलाई उत्पादन वृद्धि गरी निर्यातमा जोड दिन आग्रह गरे ।
सरकारले उद्योग मैत्री नीतिहरू लागु गरिरहेको बताउँदै युवा तथा महिला उद्यमीहरुहरुका लागि सहुलियतका कार्यक्रम ल्याएको बताए । सीमावर्ती भारतीय बजारबाट सामान प्रशस्त आयात भइरहेकोमा सोही अनुरूप निर्यातजन्य उत्पादनमा समेत जोड दिन उद्यमीहरूलाई आग्रह गरे ।
मन्त्री भण्डारीले बैतडी जिल्लाका प्रमुख विकास निर्माणका आयोजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल–भारत सिमानाका झुलाघाटस्थित महाकाली नदिमा मोटरेवल पुल निर्माणको प्रक्रिया अघि बढेको र आगामी दिनमा हुने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला थप प्रक्रिया अघि बढ्ने बताए ।
जिल्लाको आर्थिक, भौतिक तथा पर्यटकीय विकासका लागि आफ्नो ध्यान केन्द्रित भएको बताउँदै आफूले जिल्लावासीसँग गरेका प्रतिवद्धताहरु पुर गर्न लागि परेको मन्त्री भण्डारीको भनाई छ ।
बैतडी सहित सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी भएको बताउँदै भने, “प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन सम्भावना, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो, स्रोत साधनको उपयोग र जनसाङ्ख्यिक लाभांशका हिसाबले सुदूरपश्चिम प्रदेश अत्यन्त सम्भावनापूर्ण क्षेत्र हो, प्राकृतिक स्रोत र मानव स्रोतसँग सम्बन्धित विविध र आकर्षक लगानीका अवसरहरू विद्यमान छन् । यहाँ प्रशस्त वन स्रोत, वन उत्पादन, जडीबुटी तथा औषधीजन्य वनस्पति, खानी, जलस्रोत, कृषि क्षेत्रका लागि खेतीयोग्य जमिन र पशुपालनका सम्भावना छन् । यसको उपयोग गर्दै आर्थिक विकासमा जोड दिनु जरुरी छ ।”
सरकारले उद्योगमैत्री बजेट ल्याएको मन्त्री भण्डारीको दाबी छ। वर्तमान सरकार नीतिगत सुधारमार्फत जनतालाई सुविधा प्रदान गर्न लागिपरेको पनि उनले बताए । स्टार्टअप सहुलियत कर्जा कार्यक्रम, सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग, सरकारी निकायका सेवाहरू अनलाइन माध्यमबाट प्रदान गर्ने लगायतका लोकप्रिय कार्यक्रमहरू ल्याइएको जानकारी दिए ।
















प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
ओमानसँग नेपाल १०२ रनले पराजित
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया