मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई नाइमाको सुझाव

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी मौद्रिक नीति तयारी सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई अटोमोबाइल क्षेत्रसँग सम्बन्धित रणनीतिक सुझावहरू पेस गरेको छ । नाइमाले राष्ट्र बैंकको गभर्नरमा हालै नियुक्त भएका गोविन्द नेपाललाई बधाई दिदै देशको मोबिलिटी क्षेत्रको हितमा ठोस नीति समावेश गर्न आग्रह गरेको हो ।
नाइमाले सवारीसाधन कर्जासम्बन्धी कर्जा अनुपातलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप पुनरावलोकन गर्न आग्रह गरेको छ । नाइमाका अनुसार, विद्युतीय तथा इन्जिन दुवै प्रकारका सवारीसाधनका लागि ८०ः२० को कर्जा अनुपात व्यवस्था लागू गरिएमा उपभोक्ताको पहुँच बढ्ने, अटो बजार विस्तार हुने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ ।
त्यस्तै, चिनियाँ सवारीसाधन आयातका क्रममा युआनमा एलसी खोल्न हालको सीमित प्रणाली पुनः परीक्षण गर्न नाइमाले आग्रह गरेको छ । हालको व्यवस्थाअनुसार, लाभग्राही कम्पनी चीनमा नभएमा युआनमा एलसी खोल्न नपाइने प्रावधान छ, जुन त्रिपक्षीय व्यावसायिक मोडलअनुसार अव्यावहारिक रहेको नाइमाको बुझाइ छ ।
यस्तो अवस्थामा, उत्पादन चीनमै भएर ढुवानी पनि चीनबाट हुने भएमा लाभग्राही जुनसुकै देशको भए पनि युआनमा एलसी खोल्न अनुमति दिनुपर्ने नाइमाको माग छ ।
नाइमाले सवारीसाधन कर्जामा जोखिम भारित सम्पत्तिको दर हालको १०० प्रतिशतबाट घटाएर ७५ प्रतिशत गर्नुपर्ने सुझाव पनि दिएको छ । सवारी कर्जा सुरक्षित मानिने, पुनर्बिक्री योग्य हुने र डिफल्ट दर न्यून भएको कारणले गर्दा यस्तो नीति परिवर्तनले वित्तीय क्षेत्रमा झनै स्थायित्व ल्याउने विश्वास व्यक्त गरिएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया