स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते
मेरोन्यूज
२०८२ जेठ २४ गते १४:५९

स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रबार राति आगलागी हुँदा ९३ वर्षीय वृद्धको ज्यान गएको छ भने कम्तीमा १९ जना धुवाँको असरबाट घाइते भएका छन् ।
स्थानीय आपतकालीन सेवाहरूका अनुसार आगो राति करिब ११ बजे वृद्धाश्रमको भुइँतल्लामा रहेको एक कोठाबाट सुरु भएको थियो । वृद्धको घटनास्थलमै मृत्यु भएको हो भने अन्य घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।
वृद्धाश्रममा १३२ जना बसोबास गरिरहेका थिए । उद्धार कार्यमा आपतकालीन सेवाका कर्मचारीसँगै स्थानीय बासिन्दाहरूले पनि सक्रिय भूमिका खेलेका थिए । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार केही बासिन्दालाई झ्याल फोरेर बाहिर निकालिएको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ। प्रारम्भिक अनुमानअनुसार अक्सिजन ट्याङ्की विस्फोटपछि आगो लाग्न सक्ने सम्भावना रहेको बताइएको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया