कजारियाले सार्वजनिक गर्याे नेपालको पहिलो र एकमात्र एच.डि पोलिस्ड टायल

काठमाडौं । कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एच.डि पोलिस्ड टायल (६०x१२० से.मी.) सार्वजनिक गरेको छ ।
नेपालमा पहिलोपटक केवल कजारियामा मात्र उपलब्ध यो विशेष टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको छ ।
कम्पनीका अनुसार विश्वस्तरीय मापदण्ड अनुसार नवीनतम प्रविधिद्वारा निर्मित, एच.डि पोलिस्ड टायल विशेषगरी भित्री सतहका लागि डिजाइन गरिएको हो । ऐना जस्तै चम्किलो, उच्च गुणस्तरीय प्रिन्ट र सुपर–स्मूथ फिनिश रहेको यस टायलले जुनसुकै ठाउँलाई अझ आकर्षक र भव्य बनाउँछ । अत्यन्त टिकाउ, घिसावट प्रतिरोधी, न्यून पानी सोस्ने क्षमता भएको यो टाइल पाँचतारे होटल, लक्जरी मल, उच्चस्तरीय शोरूम तथा अन्य प्रिमियम इनडोर स्पेसको लागि उत्कृष्ट रोजाइ हो ।
यो टायल शहरी क्षेत्रमा पहिले नै लोकप्रिय बनिसकेको छ र नेपालका आर्किटेक्ट र इन्टेरियर डिजाइनरलाई यस टायलमार्फत गुणस्तरमा नयाँ मापदण्ड प्रदान गर्न उत्साहित भएको कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले बताए । ६०x१२० से.मी.को एच.डि पोलिस्ड टायल सधैं उत्कृष्टता खोज्नेका लागि बनाइएको टायल हो ।
उचित हेरचाह साथ दशकौँसम्म टिक्ने गरी निर्माण गरिएको यो टायलले केवल ठाउँको सौन्दर्य बढाउने मात्र होइन सफाई र मर्मतमा पनि सजिलो बनाउने कम्पनीले बताएको छ । प्रिमियम प्रिन्ट र चम्किलो फिनिशसहित प्रत्येक टायलले भुइँलाई अझ आकर्षक र सुन्दर देखिने बनाउने कम्पनीकाे भनाइ छ ।
पाँचतारे होटल, लक्जरी अपार्टमेन्ट, मल र अन्य व्यवसायिक स्थानबाट बढ्दो मागसँगै, कजारियाको एच.डि पोलिस्ड टायल नेपालमा प्रिमियम फ्लोरिङका लागि पहिलो रोजाइ बन्न थालेको कम्पनिले बताएकाे छ ।
नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र एक सय बढी भरपर्दो डिलरको बढ्दो नेटवर्कको साथ कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ । कजारियाले ३०x३० से.मी., ३०x६० से.मी., ३०x४५ से.मी., ६०x६० से.मी., ६०x१२० से.मी. र १९.५x१२० से.मी. जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराउँछ ।
गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रीत रहँदै कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया