कान्तिलोकपथ सडक पूर्ण रुपमा सञ्चालन

बागमती। हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आजदेखि सञ्चालनमा आएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बगुवा खोलामा बेलीब्रिज निर्माणको काम सकिएपछि आज बिहान ११ बजेदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
बगुवा खोलामा बेलीब्रिज निर्माण गर्नुपर्ने भन्दै यही जेठ २१ गतेदेखि सो सडक पूर्ण रुपमा बन्द गरिएको थियो । खोलामा बेलीब्रिज निर्माणको काम सकिएकाले सडक पूर्ण रुपमा सञ्चालन भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले सो सडक खण्डमा पर्ने बगुवा पुलको बेलीब्रिजको पहुँच मार्ग बगाएपछि डाइर्भसन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएका थिए । यस्तै हेटौँडा–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–हुमाने सडक पनि यही जेठ २१ गतेदेखि सञ्चालनमा आइसकेको छ ।
सो सडकअन्तर्गत फाखेल महालक्ष्मी खोलादेखि हुमानेसम्म सडक कालोपत्र सकिएपछि सडक सञ्चालनमा आएको हो । सडक कालोपत्र गर्ने भन्दै जेठ २ गतेदेखि सडक बन्द गरिएको थियो ।
सो सडकमा कालोपत्र तथा केही खण्डमा ढलानको कामसमेत सम्पन्न भइसकेकाले सडक सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर सुजन भण्डारीले जानकारी दिए । उक्त सडकको केही भागमा कालोपत्रलगायत काम अझै जारी रहेको उनले बताए ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया