समर्थन मूल्यमा चैते धान बिक्री नहुँदा किसान निराश

झापा । सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् ।
सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन् ।
सरकारले यस वर्षका लागि चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ८०० तोकेको छ । झापाका किसानले रु एक हजार ५ सय प्रतिक्विन्टल मूल्य पाउन पनि मुस्किल परेको छ ।
उक्त मूल्यमा बिक्री गर्दा हाम्रो लागत नै नउठ्ने बाह्रदशीका स्थानीय किसान मनकुमार सङ्ग्रौला बताउनुहुन्छ । सरकारले हामीले उत्पादन गरेको धान किनिदिने हो भने हामीलाई ठूलो राहत मिल्ने उनको भनाइ छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय विर्तामोडका प्रमुख राजबहादुर राईका अनुसार कम्पनीसँग धान सुकाउन आवश्यक मेसिनको अभाव भएकाले यस वर्ष चैते धान खरिद गर्न सकिने अवस्था छैन । तर, आगामी वर्षदेखि चैते धान खरिद गर्न सकिने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ४ का किसान भीष्मप्रसाद हुमागाईंले सरकारले मूल्य तोके पनि त्यसअनुसार खरिद प्रक्रिया अगाडि नबढाएको गुनासो गरे ।
“सरकारको उदासीनताका कारण व्यापारीले सस्तो मूल्यमा धान किनेर मनपरी नाफा लिइरहेका छन्”, उनले भने,“अर्को वर्षदेखि चैते धानको विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।”
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार गत वर्ष झापामा २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो ।
प्रतिहेक्टर पाँच दशमलव ८१ मेट्रिकटनका दरले एक लाख १६ हजार २०० मेट्रिकटन चैते धान उत्पादन भएको उनले जानकारी दिए ।
















प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया