प्रदर्शनका क्रममा कोलम्बियामा ३१ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २३ गते १८:३०

बोगोटा । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सरकारले अघि सारेको करवृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।
प्रदर्शनका क्रममा एक हजार २२० जना घाइते भएका छन् भने अरु ८७ जना बेपत्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो एक हप्ताको मात्रै भएको इन्स्टिच्युट फर डेभलपमेन्ट एण्ड पिस स्टडीजले जनाएको छ ।
मृत्यु भएका मध्ये सबैभन्दा धेरै २४ जना देशको पश्चिमी काली सहरमा मृत्यु भएको सो संस्थाले जानकारी दिएको छ । कोलम्बियामा ग्यासको मूल्यबृद्धि भएको र कर सम्बन्धी विधेयकमा गलत संशोधन गरिएको भन्दै विरोध प्रदर्शनहरु भइरहेका छन् ।
राष्ट्रपति इभान डुक्युले संशोधनका बारेमा पुनर्विचार गर्न सकिने आइतबार बताए पनि आन्दोलन भने जारी नै रहेको छ । आन्दोलन देशव्यापी हुँदै गएको छ ।
सम्बन्धित

















नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रमकाे तालीका
आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया