शुक्रबार, फागुन २२, २०८२

बिसनपुर क्षेत्रका गाउँहरु नदी कटानको जोखिममा

मेरोन्यूज २०८२ जेठ २६ गते १५:१४

दिनहुँ वर्षाका कारण त्रियुगा नदीको बहाव बढ्दै गएपछि उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बिसनपुर क्षेत्रका केही गाउँहरू नदी कटान र डुबानको उच्च जोखिममा परेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिसनपुरको तल्लो क्षेत्र र त्यसभन्दा माथिका अन्य गाउँहरूमा यसअघि नै तटबन्धन निर्माण भइसकेको भए पनि बिसनपुरकै हरितपार्क क्षेत्र, निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालासहित त्रिवेणी बाल केन्द्रका स्थानहरू अहिले नदी कटान र डुबानको उच्च जोखिममा परेको स्थानीय सुकलदेव चौधरी बताउँछन्।

त्रियुगा नदी तटबन्धन कार्यालयले बिसनपुर क्षेत्रको हरितपार्कसहितका स्थानहरू बाहेकको नदी तटीय क्षेत्रहरूमा यसअघि नै तटबन्धन निर्माण गरिसकेको तर बीचको गाउँ क्षेत्रमा निर्माण गर्ने भनेर छाडेको र निर्माण नगरेका कारण अहिले वर्षा लाग्नासाथ नदी कटान र डुबानको खतरामा परेको अर्का स्थानीय कुलबहादुर कार्की बताउँछन्।

यस विषयमा त्रियुगा नगरपालिका–१२ का वडाअध्यक्ष नवीन राईका अनुसार नगरपालिकामा यस विषयमा आफूले समस्या राखेको र समाधनका लागि तत्काल पहल गर्नेतर्फ नगरपालिकाको ध्यानाकर्षण गराइको वडाअध्यक्ष राईले बताए।

यस विषयमा त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले भने, “बिसनपुरको हरितकण सहितका केही क्षेत्र र गाउँहरूमा त्रियुगा नदी तटबन्धन कार्यालयले केही काम गर्दै गरेको भए पनि समयमा काम नभइरहेको छ, हामी नगरपालिकाको विपद् व्यवस्थापनको बैठक बसेर यसका लागि तत्काल नियन्त्रणबारे छलफल गरेर कदम अगाडि बढाउनेछौँ ।”

हाल त्रियुगा नदीको पानीको बहाव बढ्दै जान थालेको र यस क्षेत्रमा अहिलेसम्म पनि तटबन्धन निर्माण नभएका कारण गाउँ क्षेत्रमा नदी प्रवेश गरेमा डुबान हुनसक्ने र कटान पनि हुन सक्ने उच्च जोखिम बढेको स्थानीयवासीहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया