मंगलबार, जेठ २७, २०८२

बीएमडब्लूको लक्जरी इलेक्ट्रिक एसयूभी नेपाली बजारमा, मूल्य कति ?

मेरोन्यूज २०८२ जेठ २६ गते १८:४०

काठमाडौं । नेपालमा बीएमडब्ल्यू गाडीको आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्ल्यू आईएक्सटू ईभी एसएभी (स्पोर्ट्स एक्टिभिटी भेहिकल) भित्राएको छ ।

बीएमडब्ल्यूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै नयाँ बीएमडब्ल्यू आईएक्सटू ईभी एसएभी नेपालमा सार्वजनिक गरेको हो ।

यस गाडीले अधिकतम १५० किलोवाट/२०४ हर्स पावर (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (प्रारम्भिक अनुमान अनुसार) रहेको छ ।

कम ऊर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ किलोवाट आवर्स) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कष्ट रोजाइ प्रदान गर्ने लक्ष्मी प्रिमियमले जनाएको छ ।

अन्य बीएमडब्ल्यू इलेक्ट्रिक गाडीहरूजस्तै नयाँ बीएमडब्ल्यू आईएक्सटू पनि पाँचौं पुस्ताको बीएमडब्ल्यू ईड्राइभ प्रविधि प्रयोग गरिएको छ । यसले २५० एनएम टर्क उत्पादन गराई ८.६ सेकेन्डमा शून्यदेखि १०० किमी/घण्टाको गतिमा पुग्न सक्छ । यसको अधिकतम गति १७० किमी/घण्टा रहेको छ ।

Advertisement
machhapuchare

ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई–भोल्टेज ब्याट्रीले ६६.५ किलोवाट आवर्स ऊर्जा प्रदान गर्दछ । यसमा रहेको आधुनिक मोटरले कम उर्जा खपत गरी अन्य गाडीहरुभन्दा धेरै दूरीसम्म चल्न सक्षम बनाउँछ ।

बीएमडब्ल्यू आईएक्सटूमा चार्जिङको लागि प्रशस्त विकल्पहरु रहेका छन् । यसमा रहेको कम्बाइन चार्जिङ युनिटले एक किलोवाटसम्मको एसी चार्जिङ सपोर्ट गर्दछ । छिटो चार्जिङको लागि १३० किलोवसम्मको डीसी चार्जिङ पनि उपलब्ध छ । स्मार्ट थर्मल पि-कन्डिसनिङ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ ।

बीएमडब्ल्यू आईएक्सटूमा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन् जस्तै मोका रङको भर्नास्का लेदर सिट, प्यानोरामिक ग्लास रुफ,डुवल जोन अटोमेटिक एसी र १२ स्पिकरको हर्मन कार्डन साउन्ड सिस्टम रहेकाे छ।

बीएमडब्ल्यू आईएक्सटूको सुरक्षा र सहायक प्रणालीहरू पनि अत्याधुनिक छन् । सुरक्षित यात्राको लागि यसमा सवारी चालक र गात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (डीबीसी) अटो होल्ड फङ्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किट ब्रेक र इन्टेगेटेड ब्रेकिङ सिस्टम राखिएको छ ।

तीनकुनेमा रहेको आफ्नी अत्याधुनिक शोरुमबाट लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्ल्यू एक्स वान, एक्स टु, एक्स थ्रीलगायतका जस्ता मोडलहरू उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया