कुमारी बैंक र भेहिकल एकेडेमीबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र काठमाडौं स्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर (गुर्जुधारा ट्रायल सेन्टर) बीच बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सवारी चालक अनुमतिपत्रको लागि प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधार स्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा कुमारी बैंकका ग्राहकहरूलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको बताइएको छ ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूको सुविधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरूसँग समन्वय गरी छुट तथा किस्ताबन्दीका सुविधाहरू उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ । बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया