अहमदाबाद विमान दुर्घटनामा एक व्यक्तिको जीवितै उद्धार
मेरोन्यूज
२०८२ जेठ २९ गते २१:२६

काठमाडौं। एयर इन्डियाको विमान दुर्घटनामा एकजना यात्रु जीवितै फेला परेको प्रहरी प्रमुखले बताएका छन्।
अहमदावाद प्रहरीका कमिस्नर जीएस मलिकले सो विमानको सिट नम्बर ११एमा बसेका यात्रु जीवित फेला परेको बताएका छन्।
अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार सो सिटमा बेलायती नागरिक विश्वास कुमार रमेश बसेका थिए।
भारतीय सञ्चारमाध्यमहरुले रमेशसँग अस्पतालमा कुरा समेत गरेका छन्।‘विमान उडेको ३० सेकेन्डमा ठूलो आवाज आयो अनि विमान दुर्घटना भयो,’ उनले भनेका छन्।
उनले आफ्नो बोर्डिङ पास पनि देखाएका छन्।कमिस्नर मलिकका अनुसार उनको उपचार भइरहेको छ।
दुर्घटनापछि हालसम्म २०४ जनाको शव फेला परेको छ।
सम्बन्धित









आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया