अहमदाबाद विमान दुर्घटनामा एक व्यक्तिको जीवितै उद्धार
मेरोन्यूज
२०८२ जेठ २९ गते २१:२६

काठमाडौं। एयर इन्डियाको विमान दुर्घटनामा एकजना यात्रु जीवितै फेला परेको प्रहरी प्रमुखले बताएका छन्।
अहमदावाद प्रहरीका कमिस्नर जीएस मलिकले सो विमानको सिट नम्बर ११एमा बसेका यात्रु जीवित फेला परेको बताएका छन्।
अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार सो सिटमा बेलायती नागरिक विश्वास कुमार रमेश बसेका थिए।
भारतीय सञ्चारमाध्यमहरुले रमेशसँग अस्पतालमा कुरा समेत गरेका छन्।‘विमान उडेको ३० सेकेन्डमा ठूलो आवाज आयो अनि विमान दुर्घटना भयो,’ उनले भनेका छन्।
उनले आफ्नो बोर्डिङ पास पनि देखाएका छन्।कमिस्नर मलिकका अनुसार उनको उपचार भइरहेको छ।
दुर्घटनापछि हालसम्म २०४ जनाको शव फेला परेको छ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया