इरानको चेतावनी- इजरायलले ‘गम्भीर मूल्य चुकाउनुपर्नेछ’

तेहरान । इरानले शुक्रबार सबेरै भएको आक्रमणको इजरायलले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।
इरानी सशस्त्र सेनाका प्रवक्ता अबोलफज्ल शेकार्चीले इजरायलले गरेको आक्रमणको ‘गम्भीर मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्।
इजरायलको आक्रमणले इरानको ‘कमाण्ड एन्ड कन्ट्रोल’ प्रणाली ध्वस्त पार्न खोजेको पनि इरानी सेनाले जनाएको छ।
इजरायलको आक्रमण इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम र आणविक कार्यक्रम दुवैलाई लक्षित गरेर गरिएको हो।
‘यो अत्यन्तै जटिल र तहगत आक्रमण हो, र म यसलाई केवल आणविक कार्यक्रममाथिको हमला भनेर मात्र हेर्दिन’, एक इरानी सैन्य अधिकारले भने।
आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का नेताहरू र इरानी आणविक वैज्ञानिकको हत्या गरिएको छ।
इजरायलीहरूले पूरै इरानी सैन्य प्रणालीलाई नै लक्ष्य बनाएका छन्। उनीहरू कुनै न कुनै रूपमा त्यसलाई ध्वस्त पार्ने र ‘कमाण्ड एन्ड कन्ट्रोल’ प्रणालीलाई नै नष्ट गर्ने प्रयास गरिरहेका छन्।


















आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया