मंगलबार, फागुन २६, २०८२

हिमालयन बैंकबाट बाहिरिँदै पाकिस्तानी बैंक हबिब

मेरोन्यूज २०८२ जेठ ३० गते १२:०६

काठमाडौं । पाकिस्तानी हबिब बैंक हिमालयन बैंकबाट बाहिरिने भएको छ। हबिब बैंक हिमालयन बैंकमा रहेको आफ्नो संस्थापक शेयर बेचेर बाहिरिन लागेको हो।

Advertisement
nepal life insurencenepal life insurence

हिमालयन बैंकले आज एक सूचना जारी गर्दै बैंककै संस्थापक शेयरधनीहरुका लागि हबिब बैंकको स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता शेयर बिक्रीमा राखेको हो। हिमालयन बैंकमा हबिब बैंकको करिब १३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ। यसको अर्थ इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्न सक्नेछन्।

संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको हेरिटज प्लाजामा रहेको कानुन विभागमा दिन सकिनेछ।

प्रतिक्रिया