कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित

ओखलढुङ्गा । ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नौ पुगेको हो ।
सात जनाको एन्टिजेन परीक्षण गरिएकामा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४३ वर्षीय पुरुष, मोलुङ गाउँपालिका–८ की १९ वर्षीया महिला र मोलुङ हाइड्रोपवरमा कार्यरत कपिलवस्तुका २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये खिजीदेम्बा र मोलुङका दुई जना शहरबाट कोरोना छल्न गाउँ पुगेका व्यक्ति हुन् ।
शहरबाट गाउँ पुगेकाहरूमा कोरोनाको लक्षण देखिन थालेपछि गाउँमा त्रास बढेको छ । “गाउँमा बस्न साह्रै डरमर्दो अवस्था भयो । शहरबाट आएकाहरू जताततै हिँडडुल खानपिन गरिरहेका छन् । गाउँ पनि अब सुरक्षित भएन”, खिजीदेम्बाका शिव घिमिरेले भने, “भर्खर गाउँ आएकाहरूमा कोरोनाको लक्षण देखियो । जाँच्दा कोरोना पुष्टि भयो । झन् यस्ता नवप्रवेशीका कारण गाउँमा त्रास बढ्यो ।”
कोरोनाको दोस्रो लहर शुरु भएपछि ओखलढुङ्गामा हजारौं मानिस गाउँ फर्किएका छन् । उनीहरू कोही पनि क्वारेन्टिनमा बसेका छैनन् ।
गाउँगाउँमा समेत कोरोनाका सङ्क्रमित भेटिन थालेपछि सङ्क्रमितका सम्पर्कमा रहेकालाई समेत स्वास्थ्य जाँच गराउनुपर्ने माग बढेको छ ।
तर तत्काल लक्षण देखिएका बाहेक अन्यलाई परीक्षण गर्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । जिल्लामा सङ्क्रमित भएकामध्ये बुधबार सङ्क्रमण पुष्टि भएका सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडाका एक पुरुषको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
शुरुमा जटिल समस्या देखिए पनि अहिले सङ्क्रमितको स्वास्थ्यमा केही सुधार आएको जिल्ला स्वास्थ्य प्रमुख तिवारीको भनाइ छ । उनका अनुसार नयाँ सङ्क्रमितमध्ये खिजिदेम्बाका एक पुरुषलाई अक्सिजन दिनुपर्ने भएको छ ।
खिजिदेम्बाका अर्का एक पुरुषको काठमाडौँमा उपचार भइरहेको र अरु सङ्क्रमितको अवस्था सामान्य रहेकाले उनीहरू होमआइसोलेशनमा छन् ।
जिल्लामा हालसम्म ४४ जनाको एन्टिजेन परीक्षण गरिएकामा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा कोरोनाको लक्षण देखिएकालाई एन्टिजेन परीक्षण विधिबाट कोरोना जाँच्ने गरिएको छ । (रासस)
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया