राति १२ बजेवाट बंगलादेशमा बिधुत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने

काठमाडौँ। नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ ।
गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो ।
गतवर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत विक्रि सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म जम्मा १२ घण्टामात्र विद्युत निर्यात भएको थियो ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुशीको खबर भएको बताए ।
“बङ्गलादेशमा विद्युत निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुशीको कुरा हो,”– मन्त्री खड्काले भने ।
नेपालले हरेक वर्ष पाँच महिना बर्षाद्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ ।
गत वर्ष बङ्गलादेशसँग विद्युत निर्यात सम्झौता गरेको नेपालले त्यसवेला जम्मा १२ घण्टामात्र विद्युत निर्यात गर्न पाएको थियो । यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत निर्यात गर्नेछ ।
उर्जामन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउनसक्ने प्रमुख क्षेत्र भनेको विद्युत क्षेत्र भएको बताए।
नेपाल विद्युत प्राधिकरणले त्रिशुली जलविद्युत केन्द्रबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१ दशमलव ४० मेगावाट विद्युत निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबीच गतवर्ष सम्झौता भएको थियो ।
आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने नेपाल विद्युत प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए।
उक्त विद्युत विक्रिवापत नेपाल सरकारले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् रु एक अर्ब २९ करोड नेपाली रुपैँया आम्दानी गर्नेछ।
उक्त सम्झौता बमोजिम निर्यात हुने विद्युतको बिक्रि दर ६.४० अमेरिकी सेन्ट प्रति युनिट रहेको छ । उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ ।
उर्जा क्षेत्रमा निकै दिर्घकालिन महत्व राख्ने विद्युत निर्यातले नेपालको उर्जा सन्तुलन, नेपालको जलविद्युतको अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ।
नेपाल सरकारको उर्जा विकास मार्गचित्र–२०८१ को अवधारणा अनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य लिएको छ ।
भारतमा पनि विद्युत निर्यात निरन्तरता
नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत निर्यातलाई निरन्तरता दिएको छ ।
प्राधिकरणले यसवर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत निर्यात सुरु गरिसकेको छ ।
जेठ १८ (जुन १) बाट १८५ मेगावाट विद्युत निर्यात गर्दै आएको प्राधिकरणले हिजो शनिबारदेखि सोही स्थानका लागि २०० मेगावाट विद्युत निर्यात सुरु गरेको हो । नेपाल र भारत बीच भएको द्विपक्षीय सम्झौता बमोजिम यो विद्युत निर्यात को बिक्रि दर ५.२५ भारतीय रुपैया प्रति युनिट रहेको छ ।
त्यस्तै, प्राधिकरणले आज राती १२ बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर–मुजफरपुर ४०० केभी र १३२ केभी प्रशारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत खरिद बिक्रि भैरहेको छ ।
वर्षायाम लागेसँगै नेपालमा विद्युतको उत्पादन बढेकाले नेपालको आन्तरिक माग पुरा भएपछि बाँकी रहेको विद्युत भारत र बङ्गलादेशमा निर्यात गर्न लागिएको हो ।
















रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया