टिकटकर रमा बस्नेत पक्राउ

काठमाडौं । टिकटकर रमा बस्नेत पक्राउ परेकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी बासिन्दा र हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया टिकटकर बस्नेतलाई नेपाल प्रहरीको
साइबर ब्यूरोले पक्राउ गरेको हो।
प्रहरी प्रवक्ता तथा सूचना अधिकारी एसपी दीपक राज अवस्थीका अनुसार बस्नेतलाई आज भक्तपुरबाट नियन्त्रणमा लिइएको हो। उनलाई सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पु¥याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको अभियोगमा पक्राउ गरिएको जनाइएको छ।
प्रहरीका अनुसार बस्नेतले सार्वजनिक व्यक्तित्व तथा संस्थाहरूमाथि निराधार आरोप लगाउँदै चरित्र हत्या गर्ने खालका सामग्रीहरू प्रसारण गर्ने कार्य निरन्तर गर्दै आएकी थिइन्।
उनीविरुद्ध इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरिएको छ भने काठमाडौं जिल्ला अदालतको आदेशमा तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया