कोरोना संक्रमितलाई आफू खुसी अन्यत्र नलैजान अनुरोध
काठमाडौँ । अस्पताल भर्ना भएका कोरोना भाइरस (कोभिड–१९)का जटिल संक्रमितलाई आफू खुसी अन्यत्र नलैजान स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा भर्ना भएका जटिल संक्रमित बिरामीलाई अन्यत्र लैजाने काम नगर्न अनुरोध गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनावश्यक हल्लाको पछि लागेर भम्र नपर्न बताउँदै चिकित्सकको सल्लाहअनुसार मात्रै औषधिहरू प्रयोग गर्न समेत अनुरोध गरेका छन् । कोरोना संक्रमणले नेपालमा साह्रै कठिन र दुःखदायी अवस्था सिर्जना गरेको भन्दै सबैले स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्रै स्वास्थ्यसम्बन्धि व्यवहार गरी संक्रमण रोकथाम तथा नियन्त्रणमा भूमिका निवार्ह गर्न स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत आधिकारीक र प्रमाणित काम कुराहरू गर्नु गराउनु समेत मन्त्रालयले अनुरोध गरेको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया