कोरोना संक्रमितलाई आफू खुसी अन्यत्र नलैजान अनुरोध
काठमाडौँ । अस्पताल भर्ना भएका कोरोना भाइरस (कोभिड–१९)का जटिल संक्रमितलाई आफू खुसी अन्यत्र नलैजान स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा भर्ना भएका जटिल संक्रमित बिरामीलाई अन्यत्र लैजाने काम नगर्न अनुरोध गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनावश्यक हल्लाको पछि लागेर भम्र नपर्न बताउँदै चिकित्सकको सल्लाहअनुसार मात्रै औषधिहरू प्रयोग गर्न समेत अनुरोध गरेका छन् । कोरोना संक्रमणले नेपालमा साह्रै कठिन र दुःखदायी अवस्था सिर्जना गरेको भन्दै सबैले स्वास्थ्यकर्मीको सल्लाहअनुसार मात्रै स्वास्थ्यसम्बन्धि व्यवहार गरी संक्रमण रोकथाम तथा नियन्त्रणमा भूमिका निवार्ह गर्न स्वास्थ्य मन्त्रालयले अपिल गरेको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत आधिकारीक र प्रमाणित काम कुराहरू गर्नु गराउनु समेत मन्त्रालयले अनुरोध गरेको छ ।










प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने
प्रतिनिधिसभा निर्वाचन : पहिलो दिनमै दल दर्ता उत्साहजनक
बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
प्रतिक्रिया