इरानकाे पछिल्लो आक्रमणमा पाँच इजरायलीको मृत्यु, ९२ घाइते

इरानले इजरायलमामा गरेको पछिल्लो आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको इजरायलको म्यागेन डेभिड एडोम (एमडिए) आपत्कालीन सेवाले सोमबार बताएको छ ।
मध्य इजरायलका चार वटा स्थलमा भएका आक्रमणमा हताहत भएको एमडिएले एक विज्ञप्तिमार्फत जनाएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुषका साथै एक थप समावेश छन् ।
अहिलेसम्म एमडिए टोलीहरूले ९२ जना घाइतेलाई अस्पतालमा लगेका छन् । जसमा एक महिलाको अवस्था गम्भिर अवस्थामा रहेको र बाँकी सामान्य घाइते रहेको जनाइएको छ ।
एमडिएले चारमध्ये दुई स्थानमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ ।
इजरायलले इरानमा आक्रमण गरेपछि दुवै पक्षले थप विनाशको धम्की दिएका थिए । इरानले सोमबार इजरायली सहरहरूमा मिसाइल आक्रमण गरेको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले सोमबार तेहरानले इजरायली नागरिकहरूमाथि इरानी आक्रमणको चर्को मूल्य चुकाउने चेतावनी दिनुभएको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया