एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापनमा सहमति

काठमाडौं । एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ ।
उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
मनाङ जिल्लाको नासोङ गाँउपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रबर्द्धित परियोजना हो । यो परियोजना दुई वर्षमा सम्पन्न गर्न चिनियाँ ठेकेदारलाई ईपीसी मोडलमा ठेक्का लगाइएको छ ।
यसबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सब स्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिनेछ । यस परियोजनाका लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावरबीच विद्युत् खरिद बिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ ।
यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया