सेवाग्राहीबाट रकम असुल्ने दुई एसपीसहित ३ प्रहरी कारबाहीमा

काठमाडौँ । आर्थिक अनियमितता गरेको आरोपमा दुई प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्सेक्टर) कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले एसपीद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेतसहित इन्सपेक्टर मेघराज चौरसियालाई कारबाही गरिएको हो ।
कार्यालयले दुई एसपीको पाँच ग्रेड घटुवा गरिएको छ भने इन्सपेक्टर चौरसियाको चार ग्रेड घटुवा गरिएको छ । कारबाहीमा परेका तीनै जना प्रहरीले प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा आर्थिक अनियमतिता गरेको पुष्टि गर्दै प्रहरी हेडक्वाटरले कारबाही गरेको हो ।
उनीहरुले गैर व्यवसायिक काम गरी रकम असुली गरेको भन्दै उजुरी परेपछि प्रहरी प्रधान कार्यालय छानबिन अघि बढाएको थियो ।
गत वर्षको मंसिर दोस्रो साता प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनीहरुलाई निलम्बन गरेर प्रहरी प्रधान कार्यालयले छानबिन थालेको थियो । एसएसपी उमेश रञ्जितकारको नेतृत्वमा बनेको छानबिन समितिले उनीहरुले सेवाग्राहीहरुबाट रकम असुलेको पुष्टि गरेको हो । उनीहरुले चालक र बडिगार्डमार्फत रकम असुल्न लगाएको गैर व्यावसायिक काम गरेको छानबिन समितिले पुष्टि गरेको छ ।
उनीहरुले सेवाग्राहीबाट रकम असुलेको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही गरेको स्रोतले जनाएको छ । छानबिनका क्रममा रकम असुली गरेर बैंकमा जम्मा गर्न लगाएको भौचर समेत भेटिएको थियो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया