यूके र लिथुआनिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ का २६ वर्षीया सुजनीकुमारी साह, सुनसरी धरान उपमहानगरपालिका–३ घर भएका ३४ वर्षीय दीपककुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २३ वर्षीया रेशिका हमाल न्यौपाने छन् ।
उनीहरूमाथि यूके र लिथुआनिया पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोप लागेको छ ।
प्रहरीका अनुसार, पक्राउ परेकीमध्ये सुजनी कुमारीले यूके पठाइदिन्छु भन्दै एकजना पीडितबाट १७ लाख चारहजार रुपैयाँ, दीपककुमारले यूके पठाइदिन्छु भन्दै एकजना पीडितबाट दुईलाख ३४ हजार रुपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै दुईजना पीडितबाट ६ लाख ८ हजार लिएर सम्पर्कविहीन भएका थिए ।
पीडितको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
















१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया