यूके र लिथुआनिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ का २६ वर्षीया सुजनीकुमारी साह, सुनसरी धरान उपमहानगरपालिका–३ घर भएका ३४ वर्षीय दीपककुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २३ वर्षीया रेशिका हमाल न्यौपाने छन् ।
उनीहरूमाथि यूके र लिथुआनिया पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोप लागेको छ ।
प्रहरीका अनुसार, पक्राउ परेकीमध्ये सुजनी कुमारीले यूके पठाइदिन्छु भन्दै एकजना पीडितबाट १७ लाख चारहजार रुपैयाँ, दीपककुमारले यूके पठाइदिन्छु भन्दै एकजना पीडितबाट दुईलाख ३४ हजार रुपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै दुईजना पीडितबाट ६ लाख ८ हजार लिएर सम्पर्कविहीन भएका थिए ।
पीडितको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया