आरआरमा लोकेश-शैलेन्द्र नेतृत्वको स्ववियुले पायो वैधानिकता

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियुले वैधानिकता पाएको छ ।
बिनोद राज जोशीसमूह र रविन राज खत्रीले दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेसँगै क्याम्पसको स्ववियुले वैधानिकता पाएको हो ।
निर्धारित समयमा चुनाव हुन नसकेपछि आरआरमा अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका लोकेस खड्काको अध्यक्षतामा स्ववियु कार्यसमिति चयन गरिएको थियो ।
जोशी लगायतले स्ववियु गठनमा आफूहरुलाई समावेश नगरिएको र प्रक्रियागत त्रुटि भएको दाबी गर्दै रिट दायर गरेका थिए। सोही रिटमा बुधबार सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश द्वय डाल कुमार खड्का र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले खारेज गरेको हो। माग अनुरूप स्ववियु खारेज गर्नु पर्ने कुनै वैधानिक आधार नभएको अदालतको ठहर छ ।
योसँगै सभापति खड्का र सचिव शैलेन्द्र उपाध्यायको नेतृत्वमा रहेको वर्तमान स्ववियुले विधिवत रूपमा आफ्नो कार्यकाल अगाडि बढाउने भएको छ।










तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’
पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
प्रतिक्रिया