एमालेमा विवाद समाधान प्रयास
प्रधानमन्त्रीको दूत बनेर मोतिलाल दुगड माधव नेपालको निवासमा

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानको सूत्र फेला नपरिरहेका बेला प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधव नेपाल भेटन विशेष दूतका रुपमा आफ्ना आर्थिक सल्लाहकार मोतिलाल दुगडलाई नेपाल निवास कोटेश्वर पठाएका छन् ।
ओली र नेपालका वीचमा थापाथलीस्थित पार्टी कार्यालयमा निर्णायक सम्वाद गराउने र सहमतिको सूत्रको खोजी गर्ने प्रयासमा नेताहरु जुटिरहेका बेला दुगड प्रधानमन्त्रीको सन्देश बोकेर नेपाल निवास पुगेका हुन् ।
नेपालसँग प्रधानमन्त्री ओली स्वंमले विहिवार टेलिफोनमा सम्वाद समेत गरेका थिए । राष्टपति निवासमा राष्टपतिले ओली र नेपाल दुवैलाई सँगै राखेर डिनर मिटिङ गर्न चाहेपनि नेपालले सगै छलफल गर्न नचाहेपछि छलफल हुन सकेको थिएन ।
तर ओलीका तर्फबाट राष्टपति भण्डारीले नेपाललाई आस्वस्त पार्ने र समझदारीमा ल्याउने गरी निक्कै प्रयास गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले पनि नेताहरु योगेश भटटराई र घनश्याम भुषालसँग विहिवार साझ अवेरसम्म सम्वाद गरेका थिए । उनले आजै नेपालसँग निर्णायक छलफल गर्न चाहिरहेका छन् । त्यही निर्णायक छलफलको सन्देश बोकेर दुगड नेपाल निवास पुगेका हुन् ।
यस अगाडी पनि वैशाख ८ र ९ मा दुई दिन होटल मेरियटमा दुगडकै नाममा बुक गरिएको कोठामा ओली र नेपालका वीचमा सम्वाद भएको थियो । तर सम्वाद सहमति नजिक पुगिनसकेको अवस्थामा अझै पनि दुवै पक्षका नेताहरु ओली र नेपाललाइ मिलाउने प्रयासमा जुटिरहेका छन् ।
दुवै तर्फका नेताहरुको दोहोरो भेटघाट बाक्लो भइरहँदा र सहमतिको प्रयास भईरहेको समाचार आईरहँदा नेपालले सामाजिक सन्जालबाट ओलीसँग कुनै सहमति नजुटेको भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए । बार्ता र सम्वादका लागि लचिलो भएको र सहमति खोजीमा तयार रहेको बताएपनि २०७५ जेठ २ मा पार्टीलाई फर्काउने र फागुन २८ र त्यसपछिका पार्टी बैठकका नाममा भएका निर्णय लाई फिर्ता लिनुपर्ने शर्तलाई उनले बटमलाइन बनाईरहेका छन् ।
तर यस वीचमा भएका सबै निर्णयहरु कार्यादल मार्फत टुग्गो लगाउने गरी जान ओली र नेपाल दुवैमाथी दवाव छ । त्यही दवावका वीचमा ओली र नेपालको सम्वादको पहलका लागि प्रयास भईरहेको छ । त्यही सम्वादको सन्देश बोकेर दुगड नेपाल निवास पुगेको स्रोतको भनाई छ ।









आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया