नेशनल लाइफको साधारणसभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत नगद र ५ प्रतिशत बोनस

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा आज लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको उपस्थितिमा सम्पन्न भएको छ।
सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर र यसका लाग्ने कर तिर्न ०.७८९४७३ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गरेको छ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरी निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ।
साधारणसभामा बोल्दै कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आगामी आर्थिक वर्षको साधारणसभा समयमै गर्ने कुरामा कम्पनी प्रतिवद्ध रहेको र एक्चुरी भ्यालुएसनमा समस्या भएकाले ढिला भएको बताइन्। साथै उनले कम्पनीको व्यवसायसँगै नेटवर्क पनि बलियो भएकोले आउँदो दिनमा लगानीकर्तालाइ उचित प्रतिफल दिने प्रतिवद्धता समेत व्यक्त गरिन्।
त्यसैगरी सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। कम्पनीको यही सभाले संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण लगानीकर्ता ‘समूह ख’ बाट २ जना सञ्चालकको निर्वाचन समेत गरेको छ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसर्थ जेठ २१ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले पारित लाभांश प्राप्त गर्नेछन्।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया