इरानले फेरि हान्यो इजरायलमा मिसाइल
मेरोन्यूज
२०८२ असार ६ गते २१:१०

काठमाडौं । इरानले शुक्रबार साँझ तेल अभिभ, बेरशेबा, हाइफालगायत इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण गरेको छ।
अल जजिराको रिपोर्टअनुसार, हाइफामा मिसाइल खसेर १७ जना घाइते भएका छन्। तीमध्ये १६ वर्षीय नाबालिगसहित तीन जनाको अवस्था गम्भीर छ।
यसअघि आज बिहान इजरायली सहर बेरशेबामा रहेको माइक्रोसफ्ट कार्यालयनजिकै इरानले ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ।
जसका कारण धेरैवटा कारमा आगो लागेको छ। नजिकैका घरहरूमा पनि क्षति पुगेको छ।
इरानले बिहीबार बेरशेबाको अस्पतालमा मिसाइल प्रहार गर्दा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
आज इरान र इजरायलबीच जारी युद्ध आठौँ दिनमा प्रवेश गरेको छ।
वासिङ्टनस्थित मानव अधिकार संस्थाले अहिलेसम्म इरानमा मारिएकाको संख्या ६५७ पुगेको र २,०३७ जना घाइते भएको दाबी गरेको छ। उता इजरायलमा २४ जनाको मृत्यु र ६०० भन्दा बढी घाइते भएको बताइएको छ।
सम्बन्धित


















बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
नयाँ वर्षको अवसरमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
प्रतिक्रिया