दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

भोजपुर । दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न यहाँको खोक्सिकमा पक्की स्वास्थ्यचौकी भवन निर्माण थालिएको छ । सहकारीको घरबाट स्वास्थ्यचौकी चलाउन असहजता भएसँगै यहाँ पक्की भवन निर्माण थालिएको हो ।
आफ्नै ठाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएपछि उत्साह बढेको स्थानीयबासी सूर्य राईले बताए । पक्की भवन बनेपछि सहज रूपमा सेवा पाउनेमा आशावादी रहेको उनको भनाइ छ । यो स्वास्थ्यचौकी नहुँदा विगतमा सामन्य सेवा लिनका लागि दुईदेखि तीन घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको उनले बताए ।
“हाम्रो ठाउँमा स्वास्थ्यचौकी नै थिएन”, उनले भने,“स्थानीय तह कार्यान्वयनमा आएपछि स्वास्थ्यचौकी स्थापना भयो । तर भवन नहुँदा हामीलाई समस्या थियो । नयाँ पक्की भवन बनेपछि उत्साह थपिएको छ ।”
रामप्रसादराई गाउँपालिका–८ खोक्सिक भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । देशमा सङ्घीयता आएपछि यहाँ स्वास्थ्यचौकी स्थापना गरिएको छ । तर स्वास्थ्यचौकीको भवन नहुँदा सेवा प्रवाहमा समस्या रहँदै आएको थियो । वडाको पहलमा यहाँ प्रदेश सरकारबाट प्राप्त रु २५ लाख बजेटमा चारकोठे पक्की भवन निर्माण भइरहेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए । भवन निर्माणको काम अन्तिम चरणमा छ । विगतमा यहाँ स्वास्थ्यचौकी नहुँदा धेरै समस्या भएकाले आफूले वडाको जिम्मेवारी लिएपछि स्वास्थ्यचौकी सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
दक्षिणी क्षेत्रमा पर्ने यो ठाउँ भोजपुर सदरमुकामबाट ५० किलोमिटर दूरीमा पर्छ । कच्ची सडक रहेकाले यहाँका नागरिकलाई सदरमुकामसम्म स्वास्थ्य सेवा लिन आउन निकै समस्या छ । यहाँ नै स्वास्थ्यचौकीको आफ्नै भवन निर्माणपछि सेवा लिन सहजता हुने स्थानीयको भनाइ छ ।
















अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
वनस्थलीमा रास्वपाको सचिवालय बैठक
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया