सगरमाथा आरोहण शुरू
कामीरिताले ताेडे आफ्नै कीर्तिमान, २५ औं पटक सगरमाथा आराेहण

काठमाडौंं । यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण शुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।
डोरी टँगाइ टोली साँझ ६ः०० बजे चुचुरामा पुगेर आरोहणको ढोका खोलेसँगै सर्वाेच्च शिखर सगरमाथाको पहिलो आरोहण शुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले रोप फिक्सिङसँगै सगरमाथा आरोहण शुरु भएको जनाउँदै आरोहणमा संलग्न टोलीलाई बधाई ज्ञापन गरिन् ।
सेभेन समिट ट्रेक्समार्फत गएको शेर्पा टोलीले सगरमाथा आरोहण खुलाएको हो । सगरमाथाको आधार शिविरमा रहनुभएका निर्देशक आचार्यले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको छ, ‘सगरमाथा हिमचुलीमा आज २०२१ मे ७ तारिखका दिन बेलुकीको ६ बजे रोप पुगेको छ । यस वर्षको सगरमाथाको पहिलो समिट भएको छ ।
कामीरिता शेर्पाले नेतृत्व गरेको रोप फिक्सिङ टिमलाई बधाई ।’ सगरमाथाको आधार शिविरबाटै निर्देशक आचार्यले कीर्तिमानी आरोही कामीरितासहितको शेर्पा आरोहीले चुचुरामा पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको बताइन् । उनले गतभन्दा अघिल्लो वर्षका तुलनामा सात दिनअघि नै सगरमाथाको आरोहण शुरु गरेर नेपालको व्यावसायिक आरोहणकोे सकारात्मक सन्देश विश्वभर गएको जानकारी दिइन् ।
सन् २०१९ को सगरमाथा आरोहण मे १४ तारिखदेखि शुरु भएको थियो । सगरमाथा आरोहणका लागि २० दिन बाँकी रहेकाले आरोहण व्यवस्थापनमा हरहमेसा तवरले जुटेको उनकाे भनाइ छ । रोप फिक्सिङ टोलीमा कामीरिता, तेञ्जिङ शेर्पा, मिङ्मातेञ्जिङ शेर्पा, मिङ्माजोजी शेर्पा, फुरतेन्जी शेर्पा, ल्हाक्पानोर्बु शेर्पा, फुर्बाछिरिङ शेर्पा, छेटेनजोर्जी शेर्पा, तेन्जिङग्याल्जेन शेर्पा र फुर्बाकुसङ शेर्पा छन् ।
वसन्त यामको जारी आरोहणमा सगरथाको चुचुरामा २५ औँ पटक पुगेर कामीरिताले आफ्नै यसअघिको २४ पटकको विश्वकीर्तिमान तोडेका छन् । कामीरिताले २५ औँ कीर्तिमान बनाउन सफल भएको निर्देशक आचार्यले बताइन् । यो आरोहणबाट असहज परिस्थिति भए पनि नेपालको पर्वतारोहण सुरक्षित रहेको सन्देश जानाका साथै सगरमाथाको नयाँ कीर्तिमान थपिएको विभागको बुझाइ छ ।
सन् २०१९ को वसन्त आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो । उक्त वर्ष ४१ आरोही समूहका तीन सयभन्दा बढीले सगरमाथा आरोहण गरेका थिए । सन् २०१८ मा सगरमाथा आरोहणका लागि ३८ आरोहण समूहका ३६४ आरोहीले आरोहण अनुमति लिएका थिए । सन् २०१७ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ आरोही समूहका ३६६ स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरेका थिए ।
सन् २०१६ मा ३८ समूहका ३०० भन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् ।
यसमा ९३ महिला र ३१५ पुरुष छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका १९ हिमाल तथा पिक आरोहणका लागि २४ एक्सिपिडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका छन् । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाखभन्दा बढी सलामी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै रु ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ । सोलुखुम्बु –वसन्त यामको सगरमाथा आरोहण आजदेखि शुरु भएको छ ।















आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
प्रतिक्रिया