शनिबार, वैशाख १९, २०८३

एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

मेरोन्यूज २०८२ असार १३ गते २०:२८

काठमाडौं।एसईई परीक्षा २०८१ को नतिजा सार्वजनिक हुँदा ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

Advertisement
NiccNicc

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार जम्मा विद्यार्थीको ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएका हुन् ।

२०८१ चैत ७ गते देखि भएको परीक्षामा नियमित तर्फ ४ लाख ३१ हजार चार सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार सात सय १५ सहित चार लाख ९९ हजार एक सय ८३ विद्यार्थी सहभागी भएका थिए ।

एसईई परीक्षको नतिजा

३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१.६ देखि २ जीपीए ल्याउने ८ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ
अवगर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७

प्रतिक्रिया