सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सिरहा। सिरहाको अर्नमा गाउँपालिका १ बुढियाचापमा एकजना युवकको शव फेला परेको छ । अर्नामा गाउँपलिका १ बुढियाचापको रामसेवक महराको छोरा अन्दाजी ३५ वर्षीय अजय महराको शव आज बिहान घर अगाडि नै शव फेला परेको हो ।
अजयलाइ कसैले मरणासन्न हुने गरी कुटपिट गरेर घाटिमा पलास्टिकको पासो लागेको अवस्थामा उनकै घर अगाडि शव राखिएको स्थानियहरु बताउँछन् ।
कुटपिट पश्चात घिसारेर उनको हत्या गरिएको स्थानियको आरोप छ। मृतक महरा मानसिक रोगिपनी रहेको एकजना स्थानीयले जनाए। उनले भने, झउनको मानसिक संतुलन ठिक थिएन।
तर, उनको घरमा करिव दुई चार दिन देखी घरायसी झै झगडा समेत भैरहेको थियो। महराको हत्यमा उनको श्रीमतिको पनि सङ्लग्नता रहेको उनको आरोप छ।
स्थानियले घटनाबारे प्रहरिलाइ जानकारी गराए लगतै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।
महराको मृत्यु संकासपद रहेकोले अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रदेशबाट तालिम प्राप्त कुकुर आइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जनाएको छ।
उनले भने, हत्याको आशंका रहेकोले तालिम प्राप्त कुकुर ल्याइएको र अनुसन्धान भैरहेको बताए।
मृत्यू कसरी भएको विषयमा थप अनुसन्धान भइरहेको बताए।









यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया