सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सिरहा। सिरहाको अर्नमा गाउँपालिका १ बुढियाचापमा एकजना युवकको शव फेला परेको छ । अर्नामा गाउँपलिका १ बुढियाचापको रामसेवक महराको छोरा अन्दाजी ३५ वर्षीय अजय महराको शव आज बिहान घर अगाडि नै शव फेला परेको हो ।
अजयलाइ कसैले मरणासन्न हुने गरी कुटपिट गरेर घाटिमा पलास्टिकको पासो लागेको अवस्थामा उनकै घर अगाडि शव राखिएको स्थानियहरु बताउँछन् ।
कुटपिट पश्चात घिसारेर उनको हत्या गरिएको स्थानियको आरोप छ। मृतक महरा मानसिक रोगिपनी रहेको एकजना स्थानीयले जनाए। उनले भने, झउनको मानसिक संतुलन ठिक थिएन।
तर, उनको घरमा करिव दुई चार दिन देखी घरायसी झै झगडा समेत भैरहेको थियो। महराको हत्यमा उनको श्रीमतिको पनि सङ्लग्नता रहेको उनको आरोप छ।
स्थानियले घटनाबारे प्रहरिलाइ जानकारी गराए लगतै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।
महराको मृत्यु संकासपद रहेकोले अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रदेशबाट तालिम प्राप्त कुकुर आइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जनाएको छ।
उनले भने, हत्याको आशंका रहेकोले तालिम प्राप्त कुकुर ल्याइएको र अनुसन्धान भैरहेको बताए।
मृत्यू कसरी भएको विषयमा थप अनुसन्धान भइरहेको बताए।
















पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया