फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

काठमाडौँ। फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालयजस्ता सार्वजनिक स्थानहरूमा धूम्रपान पूर्ण रूपमा प्रतिबन्धित गर्ने घोषणा गरेको छ ।
शनिबार सरकारी गजेठमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पोहोर पोखरी (स्विमिङ पूल)तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ ।
स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि मे महिनामा बालबालिकालाई निष्क्रिय धूम्रपान (प्यासिभ स्मोकिङ) बाट जोगाउन यस्तो निर्णय आवश्यक भएको बताए। उनले भने, ‘जहाँ बालबालिका हुन्छन्, त्यहाँबाट चुरोट हट्नुपर्छ । बालबालिकालाई शुद्ध हावा सास फेर्ने अधिकार छ ।’
यो नियम इलेक्ट्रोनिक चुरोट (ई–सिगरेट) मा लागू हुने स्पष्ट गरिएको छैन भने क्याफेहरूको बाहिरी टेरेसमा भने धूम्रपान गर्न पाइनेछ । नियम उल्लंघन गर्ने व्यक्तिलाई १३५ युरो (करिब १५८ अमेरिकी डलर) जरिवाना तिर्नुपर्नेछ ।
फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूम्रपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ । हालै गरिएको जनमत सर्वेक्षणअनुसार ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्धलाई समर्थन गरेका छन् ।
















जुम्लामा बढ्यो चुनावी सरगर्मी
नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्युएए’
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया