कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कर्ण बुढाले युवाहरूलाई नेतृत्व हस्तान्तरण नगरेसम्म मुलुकको समृद्धि नहुने बताएका छन् ।
नेपाल विद्यार्थी संघद्वारा शनिबार अनामनगरमा आयोजित ‘कर्णालीदेखि काठमाडौंसम्म युवाको आवाज’ नामक कार्यक्रममा प्रमुख अतिथि रहेका बुढाले कर्णालीमा विकासका लागि प्रचुर सम्भावना रहेको बताए । यहाँ भएका हिमाल, जडिबुटी, गुफा, गुम्बा, मठ्मन्दिर, नदि, तालतलैया जस्ता सम्पदामा लगानी गरेर राज्यले ठुलो फाइदा लिन सक्ने उनको भनाइ छ ।
नेता बुढाले कर्णालीको विकासका लागि सबै एकजुट हुनुपर्ने जिकिर गरे ।
अहिले काङ्ग्रेसमाथि चौतर्फी आक्रमण भइरहेको र यस्ता समुहलाई परास्त गरेर अघि बढ्न सकेमा मात्र विकास र समृद्धि सम्भव हुने उनले स्पष्ट पारे ।
यस्तै कार्यक्रमका संयोजक रहेका नेविसंघका केन्द्रीय सदस्य कविराज शाहीले विकासका अथाह सम्भावना भएको कर्णालीमा सरकारले उचित ध्यान नदिएको बताए । यस कार्यक्रममार्फत आफुहरुले कर्णालीतर्फ सरकारको ध्यानकेन्द्रित गराउने जमर्को गरेको शाहीको भनाइ छ ।
उनले यो कार्यक्रम सुरुवात मात्रै भएको र आगामी दिनमा यस्ता गतिविधिहरुलाई निरन्तरता दिंदैजाने स्पष्ट पारे । साथै कर्णालीको विकासका लागि सरोकारवाला सबै निकायको ढोका ढक्ढक्याउने शाहीको भनाइ छ ।

इ.सन्तोष आचार्यले संचालन गरेको कार्यक्रममा गत चैतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघबाट निर्वाचित भएका कर्णालीका युवा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा काङ्ग्रेसका महासमिति सदस्य कृष्ण रिजाल, नेविसंघ केन्द्रीय सदस्य तथा विधान समिति संयोजक एन पि आचार्य, कर्णाली स्वास्थ विज्ञान प्रतिस्ठानका पुर्व रजिस्ट्रार इ. विश्वराज काफ्ले, युवा नेता इ. नवराज त्रिपाठी र कर्णालीका स्थानीयहरु लगायतको उपस्थिति थियो ।

कार्यक्रमको अन्तमा कर्णालीका कला संस्कृति झल्काउने देउडा नाच समेत गरिएको थियो ।


















Abuse of authority is a serious challenge on state’s legitimacy, social justice: President Paudel
भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो : प्रधानमन्त्री कार्की
Samar polling station in Mustang has just 36 voters
वीरगञ्ज सुक्खाबन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो
लोकतान्त्रिक सुधारमा बङ्गलादेशको मतदान
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
प्रतिक्रिया