भारतको उडिसास्थित एक मन्दिरमा भागदौड हुँदा तीनको मृत्यु

भारतको तटीय राज्य उडिसामा आइतबार एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।
हिन्दू धर्मावलम्बीको रथ महोत्सवका अवसरमा पुरी शहरको गुन्डिचा मन्दिर नजिकै हजारौं भक्तजनको भीड लागेको थियो ।
जिल्ला प्रशासनका अधिकारी सिद्धार्थ स्वैनले भने, “मन्दिरमा एक्कासी भीड बढ्दा आवागमनमा समस्या भएको र पेलापेल र भागदौडपछि नौ जना भक्तजनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । तीन जनाको मृत्यु भएको छ भने अन्यको अवस्था स्थिर छ ।”
स्थानीय सञ्चारमाध्यमका अनुसार महोत्सवमा जाने अन्य थुप्रै व्यक्ति घाइते भएका बताएका छन् भने यसबारे सरकारी अधिकारीहरूले तत्काल पुष्टि गर्न सकेका छैनन् ।
उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले भक्तजनको अत्यधिक भीडका कारण यो दुःखद घटना भएको बताएका छन् ।
माझीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “ज्यान गुमाउनेका परिवारप्रति म समवेदना प्रकट गर्दछु।”
“यो लापरबाही अक्षम्य छ । सुरक्षामा भएका कमीकमजोरीको तत्काल छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएको छु।”
भारतीय धार्मिक चाडहरूमा घातक भागदौड र भीड हुनुलाई एक सामान्य घटना मानिन्छ ।
गत मे महिनामा गोवा राज्यमा आगोमाथि हिड्ने लोकप्रिय अनुष्ठानका लागि हजारौं मानिस भेला भएका समय भएको दुर्घटनामा छ जनाको मृत्यु भएको थियो।
जनवरीमा उत्तरी शहर प्रयागराजमा हिन्दूहरूको महान् चाड कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।









राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया