झापामा फर्निचर उद्योगमा आगलागी
मेरोन्यूज
२०८२ असार १६ गते १०:४८

बनियानी। झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।
यहाँस्थित मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब रू १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
















काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया