साथीको हत्या अभियोगमा इटहरीबाट एक जना पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २५ गते ११:३८

सुनसरी । जिल्लाको इटहरी उपमहानगरपालिका ६ बाट साथीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले बराह नगरापलिका ४ घर भएका २४ वर्षीय प्रकाश तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङले वैशाख २२ मा रातको समयमा इटहरी उपमहानगरपालिकाको ट्याङ्ग्रा खोलामा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दायाँ हातको नाडीमा ‘दुखी राई’ नाम लेखेका मृतकको यकिन नाम ठेगाना खुलेको छैन । प्रकाशले उनी सडकमा भेटेर ‘साथी’ बनेको तर नाम र ठेगाना थाहा नभएको प्रहरीलाई बताएका छन् ।
करिब ३० वर्षका मृतकको टाउकोमा चोट लागेको छ । विवाद हुँदा टाउकोमा हिर्काएर साथीको हत्या गरेको आरोपीले स्वीकारेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया