कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठक सोमबार सुरु भएको हाे । छलफलका लागि विभिन्न १३ वटा एजेण्डा प्रस्तुत गरिएको छ ।बैठकमा क्रियाशील सदस्यता वितरणका विषयमा महामन्त्री गगन थापाले जानकारी गराउने छन् । यस्तै तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्यादका विषयमा छलफल हुनेछ ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा केन्द्रीय सदस्यहरूसँग राय लिइनेछ । यस्तै, सङ्घीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा पछि छलफलको विषय रहेको छ ।
सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय राख्नुका साथै प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै, एक सय दिने अभियानको प्रतिवेदन पेस सम्बन्धमा जिल्लामा खटिएका नेताहरूले धारणा राखेका छन् ।
















एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया