माइलेज च्याम्पियन सम्पन्न, चन्देश्वर सिंह विजयी

महोत्तरी । रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान, गौशालामा ‘माइलिज च्याम्पियर्न’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा कुल ६५ सहभागीहरूले आ–आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।
यस प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी ‘विजेता’ बन्न सफल भए । त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित “पहिलो उपविजेता” बने भने ८० किलोमिटर माइलेजसहित ‘दोस्रो उपविजेता’को उपाधि गोपाल महतोले प्राप्त गरे ।
कार्यक्रमले मोटरसाइकल प्रयोगकर्ताहरूमा इन्धनको उचित उपयोग र माइलेज वृद्धि गर्ने प्रविधि र सीपप्रति रुचि बढाएको आयोजकहरूले जनाएका छन् । उक्त कार्यक्रममा सहभागीहरूलाई स-धन्यवाद प्रमाणपत्र/सम्मानपत्र पनि प्रदान गरिएको थियो ।
माइलिज च्याम्पियन सफल रुपमा सम्पन्न भएको जानकारी गराउँदै प्लाटिना मोटरसाइकलको किफायति बारेमा आम जनमानसमा जानकारी हुने कम्पनीको बिश्वास रहेको छ । रामजानकी अटो बर्दिबासले आगामी दिनमा पनि यस्ता प्रेरणादायक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया