कोरोनाबाट पत्रकार दाहालको मृत्यु, महासंघद्वारा शोक व्यक्त

काठमाडौँ । सिटिजन पोष्ट डटकमका सम्पादक दिनेश दाहालको मृत्यु भएको छ । सुमेरु अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको शनिबार मृत्यु भएको हो ।
उनको ४० वर्षको उमेरमा कोरोना संक्रमणबाट मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १० गने उनलाई सुमेरु अस्पताल धापाखेलमा भर्ना गरिएको थियो । कोरोना संक्रमणसँगै निमोनिया देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
निमोनियासँगै कोरोना संक्रमण भएकाले उनको निधन हुन पुगेको अस्पतालले जनाएको छ । उनले जनप्रहार साप्ताहिकमा समेत सम्पादक रहेर काम गरेका थिए । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।
महासंघद्वारा शोक व्यक्त
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दाहालको कोरोना संक्रमणबाट मृत्यु भएकोमा महासंघले दुःख व्यक्त गरेको छ । वैशाख १ गते कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका उनलाई श्वास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
महासंघले मृत्यु भएका पत्रकार दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । कोरोनाका कारण हालसम्म ८ जना पत्रकारले ज्यान गुमाइसकेका छन् । यस्तै, ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।










दोस्रो संस्करणको एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
NPL 2025: Biratnagar defeats Pokhara by 53 runs
संसद् पुनःस्थापनाका लागि एमाले सर्वाेच्च जाने
कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया