एआई र हरित विकासमा सर्बियाको ऐतिहासिक लगानी

सर्बिया सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) र हरित प्रविधिमा आधारित अनुसन्धान कार्यलाई प्रवद्र्धन गर्न दुईवटा नयाँ अनुदान कार्यक्रमको घोषणा गरेको छ, जसअन्तर्गत ११ करोड अमेरिकी डलरभन्दा बढी बराबरको सहयोग प्रदान गरिनेछ ।
सर्बियाको विज्ञान कोषका निर्देशक नेनाद फिलिपोभिचका अनुसार ‘कृत्रिम बुद्धिमत्ता अनुसन्धान परियोजनाहरूका लागि कार्यक्रम’ अन्तर्गत नौ करोड ८४ लाख अमेरिकी डलर बराबरको रकम विनियोजन गरिएको छ । उक्त कार्यक्रम दुई वर्षको अवधिमा सञ्चालन हुनेछ र यस अन्तर्गत स्वास्थ्य सेवा, जैव प्रविधि, शिक्षा, कृषि तथा सूचना सुरक्षासम्बन्धी विषयवस्तुमा केन्द्रित भई झण्डै २५ देखि ३० परियोजनालाई सहयोग पुर्याइनेछ ।
यस कार्यक्रमलाई युरोपेली संघ र विश्व बैंकको सहकार्यमा अगाडि बढाइने छ । यसैगरी, ‘हरित कार्यक्रम–विज्ञान तथा उद्योग सहकार्य’ को दोस्रो चरणका लागि एक करोड १७ लाख अमेरिकी डलर बराबरको रकम छुट्याइएको छ । राष्ट्रिय बजेटबाट सञ्चालित यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुनेछ, जसले वातावरणको संरक्षण, फोहोर तथा फोहोरपानी व्यवस्थापन, माटो तथा हावाको शुद्धता कायम राख्न र जैविक विविधताको संरक्षणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
सर्बियाकी वातावरण संरक्षण मन्त्री सारा पाव्कोभले सो कार्यक्रमहरूको सुरुवातप्रति खुसी व्यक्त गर्दै भने, “म यो हरित कार्यक्रमबाट वातावरणीय रूपान्तरणका लागि अत्यावश्यक नवीन समाधानहरू प्राप्त हुने अपेक्षा राख्छु, जसले व्यवहारमा आधारित महत्त्वपूर्ण परिणामहरू दिन सक्नेछ । यी प्रयासहरू हामीलाई स्वच्छ र दिगो भविष्यतर्फ अघि बढाउन मद्दत गर्नेछन् ।”

















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया