बिहीबार, मंसिर ११, २०८२

आज २०८२ साल असार १९ गते बिहीबारको राशिफल

मेरोन्यूज २०८२ असार १९ गते ६:०६

काठमाडौं । आज २०८२ साल असार १९ गते बिहीबार। असार शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुलाई ३ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विद्यार्थीहरूको विचारमा परिवर्तन आउनेछ। कार्यक्षेत्रमा मातापिता को सल्लाह अवश्य लिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

वृष : नोकरी वा पेशामा आफ्नो प्रतिभालाई देखाउने अवसर मिल्नेछ। आत्मविश्वासले निर्णय लिनुहोस् सफलता मिल्नेछ। गोप्य कुराहरू कसैसँग उजागर नगर्नुहोस। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

मिथुन : सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा पेशामा सहयोगीहरूले साथ दिनेछन्। परिश्रम गर्दा व्यापारलाई बढाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कर्कट : सानातिना कुरामा वचन दिने बानीले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छ। अरुको विश्वास जित्न सकिनेछ। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

सिंह : धर्मकर्ममा मन रमाउनेछ। आर्थिक समस्याले सताउनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कन्या : समय अनुसार आफूलाई अनुकूल बनाउँदै जानुहोस्। सामाजिक दायित्व निर्वाहमा सफलता मिल्नेछ। आयआर्जनका नयाँ स्त्रोतहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला :पारिवारिक उत्तरदायित्व बढ्नेछ। कार्यक्षेत्रमा कुनै अपेक्षित कार्यले व्यस्त भइनेछ। मानसिक तनावबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक : दीर्घकालीन महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। सबैतिरबाट सद्भाव प्राप्त हुनेछ। रोकिएका महत्वपूर्ण कामहरू थालनी हुनेछन्। आजको शुभ रंग सेत‍ो हो भने शुभ अंक ९ रहेको छ।

धनु : कार्यक्षेत्रमा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अरुको वादविवादमा आफू अगाडि नसर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मकर : सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। विद्यार्थी वर्गहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। स्वास्थ्य सबल हुनुका साथै इच्छाशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ :सरकारी नोकरीमा सफलता मिल्नेछ। लगनशीलताले शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसाय वा घरपरिवारमा संवेदनशील मामलाहरूमा धैर्यताको परिचय दिनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मीन :दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सक्नुहुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

messenger sharing button

प्रतिक्रिया