अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जना पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २५ गते १५:१२

पर्सा । अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएपछि औषधी पसलका सञ्चालक समेत रहेका वीरगन्ज महानगरपालिका(१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरेको हो ।
तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर बरामद गरेको छ । शुक्रबार दिउँसो उनको घरमै रहेको पसलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
एसएसपी खनालका अनुसार कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीमा उनले महंगोमा अक्सिमिटर बिक्री गरेको जानकारी आएपछि तिवारीलाइ पक्राउ गरेको हो । पक्राउ परको तिवारीविरुद्ध कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाईने प्रहरीले जनाएको छ ।
सम्बन्धित











अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया