सेनाका सहायक रथी खड्का र मेजर कार्की बर्खास्त
मेरोन्यूज
२०८२ असार १९ गते १८:२०

काठमाडौँ । सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको छ ।
अदालतले सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई भविष्यमा सरकार सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने फैसला गरेको हाे ।
सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सेनाका बहालवाला सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको (कोर्टमार्सल) थियो।
अवकाश भइसकेका दुई जनासहित चार जनाले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना गरेको सैनिक अदालतले ठहर गरेको हो। कोर्ट अफ इन्क्वायरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सल अगाडि बढाइएकोमा दुवै जना दोषी ठहर भएका हुन्।
सम्बन्धित
















नवलपरासीमा विद्यालय बसको ठक्करबाट ४ वर्षीय बालिकाको मृत्यु
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया